संवैधानिक परिषदले सिफारिस गरेका नाम सार्वजनिक

इन्भेष्टोपेपर । बैशाख २७, २०७

काठमाडाैं, वैशाख २७ गते । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), उदय सिलवाल (ललितपुर) र मञ्जु कुमारी (महोत्तरी) लाई नियुक्त गरेको छ ।

परिषद्को आइतबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त आयुक्तमा डा. हरि पौडेल (बाग्लुङ) र डा. सुमित्रा श्रेष्ठ (ललितपुर) को नाम सिफारिस गरेको छ ।

त्यस्तै निर्वाचन आयोगका सदस्यमा सगुनशम्शेर जबरा (रुपन्देही) तथा प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपिनराज निरौला (पाँचथर) र सुधाकुमारी झा (धनुषा) लाई नियुक्तिका लागि सिफारिस गरिएको छ । राष्ट्रिय महिला आयोगका बाँकी सदस्यमा जया घिमिरे (धनुषा) र सावित्राकुमारी शर्मा तिवारी (पर्वत) लाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।

राष्ट्रिय दलित आयोगका सदस्यमा सुन्दर पुर्कुटी (काठमाडौँ), राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा. रामकृष्ण तिमिल्सेना (कास्की) तथा सदस्यमा पुष्पराज तिमिल्सिना (पर्वत) र मानप्रसाद खत्री (बझाङर) लाई सिफारिस गरिएको छ ।

त्यस्तै आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ (खोटाङ), मधेशी आयोगका सदस्यमा आभा कुमारी (सप्तरी), थारु आयोगका सदस्य डा. उमाशङ्कर चौधरी (नवलपरासी, बर्दघाट सुस्तापश्चिम), मुस्लिम आयोगका सदस्यमा मोहमद सम्सुल हक (सर्लाही) सिफारिस गरिनुभएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परिषद्ले रिक्त संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य नियुक्त गरेको जानकारी दिनुभयो । यसअघि बसेको परिषद्को बैठकले आधा मात्र पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो । अहिले सबै संवैधानिक आयोग पूर्ण भएका छन् । पदाधिकारीविहीन हुँदा आयोगहरुले संवैधानिक उद्देश्यानुरुप काम गर्न सकेका थिएनन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *