सनराइज बैंकद्वारा मुसिकाेट नगरपालिकालाई PPE हस्तान्तरण
इन्भेष्टोपेपर । चैत्र २३, २०७६
सनरनइज बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा सहयोग सामग्री हस्तान्तरण गरेको छ । सो सहयोग सामग्री बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संघिय सांसद जनार्दन शर्मा (प्रभाकर)लाई हस्तान्तरण गर्नु भएकाे हाे ।
कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारी र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्षमा विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुकाे जोखिम न्यूनिकरणको लागि PPE प्रदान गरिएकाे हाे ।
उक्त सहयोग सामाग्रीमा १० थान PPE तथा १००० थान Mask, Sanitizer, Pulse Oximeter र Gloves रहेका छन् ।
यसैगरि हालसम्म सनराइज बैंकले जोखिमको न्यूनिकरणको लागि विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी PPE उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जनाएकाे छ ।
