सनराइज ब्लूचिप फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

इन्भेष्टोपेपर । चैत्र ०८, २०७७

सनराइज म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने “सनराइज ब्लूचिप फण्ड” को ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला भईरहेकोमा आज मिति २०७७ चैत्र ८ गते आइतबार बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन सकिने क्यापिटलले जानकारी गराएको छ ।

प्रति इकाई मूल्य रु. १०।– दरको १० करोड इकाई मध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक श्री सनराइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी इकाइ बिक्री गर्न लागिएकाे हाे ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *