सनराईज बैंकबाट व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE) हस्तान्तरण
इन्भेष्टोपेपर । चैत्र २२, २०७६
सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत ५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE) गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वि सुब्बा गुरुङ्गलाई बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सी.ले एक कार्यक्रमका बिच उक्त सामाग्री (PPE) हस्तान्तरण गर्नु भएको छ ।
हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्षमा गण्डकी प्रदेशमा समेत त्यसको जोखिम बढेको हुदाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुकाे सुरक्षार्थ PPE वितरण गरिएकाे हाे ।
यसैगरी बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान (PPE) हस्तान्तरण गरेको छ । त्यसै क्रममा बैंकका प्रादेशिक कार्यालय २ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकास मन्त्री नवल कुशोर साहलाई हस्तान्तरण गर्नु भएको छ ।
हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी PPE उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।
