सरकारले विद्युतीय बस किन्न साझालाई दिएको ३ अर्ब रुपैयाँ फिर्ता लिने

माघ ९, २०७६ | Investopaper

काठमाण्डौ – सरकारले तीन सय वटा विद्युतीय बस किन्न साझा यातायात सहकारी संस्थालाई दिएको ३ अर्ब रुपैयाँ फिर्ता लिएको छ  ।

बिहीबार मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले साझा यातायातले सरकारले भनेको प्रक्रिया अनुसार बस खरिद नगरेकाले ३ अर्ब रुपैयाँ लगानी फिर्ता ल्याउने निर्णय भएको जानकारी दिनुभयो । 

उहाँले गएको असारदेखि हालसम्मको ३ अर्ब रुपैयाँको ब्याज पनि साझाबाट असुल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।अब नयाँ प्रक्रियाबाट विद्युतीय बस खरिद गर्न सरकारले ३ अर्ब रुपैयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिने पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *