साउदीमा ६७४ नेपालीमा कोरोना संक्रमण
इन्भेष्टोपेपर । वैशाख ३१, २०७७
काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन/तीन तथा अन्य स्थानमा नौ नेपालीमा संक्रमण देखिएको छ । साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ ।
संक्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जानकारी दिएको छ । संक्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पूष्टि गरेको छ ।
साउदीमा कोरोना संक्रमितको संख्या ४२ हजार ९२५ पुगेको छ । संक्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका छन् भने २६४ संक्रमितको मृत्यु भएको छ ।
— रासस
