सातै प्रदेशलाई मेगा बैंकको ५–५ लाख सहयोग हस्तान्तरण

इन्भेष्टोपेपर । चैत्र २७, २०७६

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि नेपालका ७ वटै प्रदेशलाई ५–५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । ६ वटै प्रदेशमा रकम हस्तान्तरण गरिसकेको मेगा बैंकले पछिल्लो पटक प्रदेश–५ लाई सहयोग हस्तान्तरण गरेको छ ।


मेगा बैंकको बुटवलस्थित चौराहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश– ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भयाे ।

मेगा बैंक सञ्चालक समितिले गरेको निर्णयअनुसार कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५–५ लाख गरी ३५ लाख रुपैयाँ सहयोग गरेको हो । यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *