साविक बिजेता लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा
इन्भेष्टाेपेपर । कार्तिक १६, २०७७
साविक बिजेता लिभरपुल ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा वेस्ट ह्यामलाई पराजित गरेसँगै तीन अंकको अग्रतासहित लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो । एनफिल्डमा भएको खेलमा लिभरपुलले २–१ को पुनरागमन जित निकाल्यो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डिएगो जोटाले पुन एक पटक गोल गरेपछि लिभरपुल विजयी बनेको हो । पाहुना टोलीका पाब्लो फोर्नल्सले सुरुवाती दशौं मिनेटमा वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।
मोहमद सलाहाले ४२औं मिनेटमा पेनाल्टी गोलमार्फत लिभरपुललाई बराबरीमा ल्याए । खेल सकिन ५ मिनेट बाँकी हुँदा जोटाले लिभरपुलका लागि विजयी गोल गरे ।
जितसँगै लिभरपुलको ७ खेलबाट १६ अंक छ । वेस्ट ह्याम ८ अंक सहित १३औं स्थानमा छ । (एजेन्सी)
