सिंगटी हाइड्रो इनर्जीको आईपीओ आजदेखि निष्कासन
इन्भेष्टोपेपर । चैत्र ०६, २०७७
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज (शुक्रवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले निष्कासन गर्ने २९ लाख कित्ता आईपीओ मध्ये ५८ हजार कित्ता कर्मचारीको लागि, १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।
न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिने आईपीओ निष्कासन बन्द छिटोमा चैत १० र उक्त समयमा विक्री नभएमा चैत २० गतेसम्म लगानीकर्ताले आवेदन गर्न सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । साथै आवेदकले सी-आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयरबाट आवेदन गर्न सक्नेछन् ।
