सेञ्चुरी कमर्सियल बैंकबाट कोरोना रोकथाममा ८५ लाख सहयोग
इन्भेष्टोपेपर । चैत्र २१, २०७६
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको COVID-19 महामारीको रोकथाममा सहयोग पुर्याउने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट कुल रु ८५,००,०००/– (अक्षेरुपी पचासी लाख मात्र) प्रदान गर्ने भएको छ ।
यस अन्तर्गत हरेक प्रदेश सरकारलाई रु ५,००,०००/– (अक्षेरुपी पाँच लाख मात्र) र केन्द्रिय सरकारलाई रु ५०,००,०००/– (अक्षेरुपी पचास लाख मात्र) सम्बन्धित कोषमा प्रदान गर्ने भएको छ ।
