सेञ्चुरी बैंकको नयाँ वर्ष २०७९ को “सेञ्चुरी क्यालेडर” सार्वजनिक

इन्भेष्टोपेपर । चैत्र २४, २०७८

काठमाण्डाैँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका अध्यक्ष राजेशकुमार श्रेष्ठज्यूले एक कार्यक्रमकावीच “सेञ्चुरी क्यालेण्डर – २०७९” सार्वजनिक गर्नुभयो ।

वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङ्गका माध्यमहरु लगायत विभिन्न बैंकिङ्ग सेवाहरुलाई समावेश गरिएको छ । यसबाट वित्तीय साक्षरता र डिजिटल बैंंकिङ्ग सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *