सेवाग्राहीसंग घुस लिदालिदै मालपोतका कर्मचारी पक्राउ

Investopaper, मंसिर ०५, २०७६

बनेपा । सेवाग्राहीसँग घुस लिदालिदै मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो । 

जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइरहेको अवस्थामा उहाँलाई मालपोत कार्यालय परिसरबाट नै  अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको श्राेतले जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *