हिमालय माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

इन्भेष्टाेपेपर । माघ २७ २०७७

ज्योति विकास बैंकद्वारा काठमाडौं न्युरोड स्थित हिमालय माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विद्यालयको शौचालयको पुनर्निर्माण गर्नका लागी आर्थिक सहयोग प्रदान गरेको छ।

विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिप राज बराल र बैंकका न्युरोड शाखाका शाखा प्रबन्धक रबिन रेग्मी द्वारा हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली रत्न शाक्य र विद्यालयकी प्रध्यानाध्यापिका श्रीमती हीरा लक्ष्मी श्रेष्ठलाई शौचालयको पुनर्निर्माण गर्नका लागी रु. २ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नुभयो।

हिमालय माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब २०० भन्दा बढी विद्यार्थीहरु लाई न्युनतम शुल्कमा अध्यापन गराईरहेको छ। विद्यालयको संरचनामा सुधार गर्न, अध्यनरत विद्यार्थीहरुको लागि सफा र स्वच्छ शिक्षण वातावरण सिर्जना गर्ने मनसायका साथ शौचालय पुनर्निर्माण गर्न सो सहयोग गरेको हो।  

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष​” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ​।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब रु. ३७ अर्ब लगानी गर्न सफल भएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *