१३ औँ सागमा गौरिका सिंहले जितिन् चौथो स्वर्ण पदक
Investopaper, मंसिर २४, २०७६
उमेर सानो भए पनि गौरिका सिंहले खेलकुद जगतमा विश्वको सामु नेपालको सान बढाएकी छन्। नेपालको खेलकुद इतिहासमा गौरिका सिंहले पौडीको १०० मिटर फ्रि-स्टाईलमा स्वर्ण पदक जितेर नयाँ कीर्तिमान बनाएकी छन्।
उनको १३ औँ दक्षिण एशियाली खेलकुद सागमा चौथो स्वर्ण पदक हो। उनी क्षेत्रीय खेलकुदको एकै संस्करणमा चार स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्। साथै उनले साग खेलकुदमा दीपक विष्टको कीर्तिमानीलाई पनि बराबरी गरेकी छन्।
१३औँ साग खेलकुदमा गौरिकाको चौथो स्वर्ण पदक
साग खेलकुदको रौनक बढेसंगै एउटा सुन्दर दृश्य देखा पर्यो जुन सोमवार सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धा थियो जुन सिंहले १०० मिटर फ्रि-स्टाईल ५८.१३ सेकेन्डमा पूरा गरिन्। सिंहले उत्कृष्ट खेल प्रर्दशन गरिन र भारतीय खेलाडी शिवाङ्गी शर्मालाई ०.०२ सेकेन्डले पछाडि पारिन्।
यो पदकसँगै नेपालको स्वर्ण पदक सङ्ख्या ५० पुगेको छ।
