जिजु हजूरआमा बन्ने उमेरकी १०१ वर्षीया वृद्धाले बच्चा जन्माएर विश्व चकित पारिन
जिजु हजूरआमा बन्ने उमेरकी एक बृद्धाले सन्तान जन्माएर विश्वलाइ नै चकित बनाएकीछन । सामान्यतया सबै महिलाहरूकाे ४५–५० वर्षको उमेरपछि प्रजनन क्षमता कम हुन्छ जसका कारण उनीहरु आमा बन्न सक्दैनन् भनिन्छ ।
तर इटालीकी एक १०१ वर्षकी वृद्धाले यी सबै तथ्यहरुलाई गलत सावित गरिदिएकी छिन् । कुनबेला के हुन्छ अनि मान्छेका चाहाना पनि कस्ता अनाैठा हुन्छन भन्नै नसकिने/परिकल्पना भन्दा निकै परकाे अवस्था सृजना गरिदिइन।
यी महिलाले १०१ वर्षको उमेरमा आफ्नो १७ औं बच्चालाई जन्म दिएर विज्ञानलाई नै गलत सावित गरिदिइन् । यी महिलाले ९ पाउण्ड वजनको एक बच्चालाई जन्म दिएकी हुन् ।
यो खबर पछि चिकित्सा जगतको आलोचना पनि भइरहेको छ । खास कुरा के हाे भने, हालै डा. एलेक्जेन्ड्रो पोपोलिकि नामक एक डाक्टरले उनको शरीरमा डिम्बाशय प्रत्यारोपण गरेका थिए । यूरोपीय कानूनमा डिम्बाशय प्रत्यारोपण अवैध मानिन्छ ।
१०१ वर्षीय अनातोलिया व्हर्टाडेला आफ्नो १७ औं बच्चालाई भगवानको आशीर्वाद मान्छिन् । बच्चाको नाम फ्रांसिस्को राखिएको छ ।
- एजेन्सी
