कृषि विकास बैंकको साधारण सभा सम्पन्नः ३ जना संचालककाे चयन तथा २१ प्रतिशत लाभांश पारित

कृषि विकास बैंक लिमिटेडकाे वाह्राै साधारण सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा शुक्रबार सम्पन्न भएकाे छ ।

उक्त राधारण सभाले लगानीकर्तालाई बितरण गर्ने भनी प्रस्ताव गरेको १५.०५३ प्रतिशत नगद लाभांश तथा ६ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ। साधारण सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक सदस्य चयन समेत गरेको छ। जसमा संजिव पौडेल, हरिप्रसाद पराजुली र विनोद कुमार गुरागाईँ रहेका छन्।

कृषि विकास बैंक लि.को बाह्रौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालको अध्यक्षतामा भएको हो । साथै बैंक संचालक समितिका सदस्यहरु विष्णु प्रसाद नेपाल, डा.योगेन्द्र कुमार कार्की, मनोज बस्नेत, घनश्याम अवस्थी, डा. इन्दिरा मास्के (श्रेष्ठ) को समेत उपस्थिती रहेको थियो ।

उक्त साधरणसभामा शेयरधनी महानुभावहरुले उठाएका प्रश्न तथा जिज्ञासाका सम्बन्धमा संचालक समिति अध्यक्ष क्षेत्र बहादुर सेंजुवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *