फर्स्ट माइक्रोफाइनान्सकाे १२औं साधारण सभा सम्पन्न

इन्भेष्टोपेपर । मंसिर १६, २०७८

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले बिहीवार काठमाडौंमा १२ औं वार्षिक साधारण सभा सम्पन्न गरी गत आर्थिक वर्ष २०७७/ ७८ को लाभांश प्रस्ताव पारित गरेको हो । 

कम्पनीको गत भदौ १९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ८७ करोड ६८ लाख ११ हजार २०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले रू. ९ करोड २२ लाख ९६ हजार बराबरको लाभांश वितरण गर्न लागेको हो । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा रू. २८ करोड १ लाख ७१ हजार रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. १४ करोड १५ लाख २८ हजार खुद नाफा गरेको छ । चौथो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव १४ र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ९५ रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *