कृषि विकास बैंकको तेह्रौ वार्षिक साधरण सभा सम्पन्न, लाभांश पारित

Investopaper, पौष २७,  २०७६

कृषि विकास बैंकको तेह्रौँ वार्षिक वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा पाैष २७ गते आईतबार सम्पन्न भएकाे छ । बैंकको यस साधारण सभाले ३० प्रतिशत लाभांश पारित गरेको हो।

सभाले गत आर्थिक वर्षको मुनाफबाट ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश (कर सहित) गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

यस्तै, नेपाल सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ अग्राधिकार शेयरकाे लागि चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न पनि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ।

बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै देशभर २७४ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा, सुविधा पुर्याउन सफल भएको बताउनु भयाे । बैंकका करिव २ लाख ५७ हजारको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले उत्साहजनक प्रतिफल दिलाएको समेत उल्लेख गर्नुभयाे ।

साथै उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिनु भएका शेयरधनी महानुभावहरुले उठाउनु भएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष क्षेत्र बहादुर सेंजुवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *