सूर्य देवको आराधनाले जीवनमा सकारात्मक उर्जा मिल्छ

इन्भेष्टोपेपर । फागुन २९, २०७८

हिन्दू धर्ममा सूर्यलाई देवताको रूपमा पूजिन्छ। अन्धकारलाई हटाएर प्रकाशको किरण फैलाउने सूर्य देवलाई पंचदेवमा सबैभन्दा प्रमुख देवता मानिन्छ । सूर्य ब्रम्हांडमा उर्जाको एकमात्र स्रोत हो । बिना उर्जाको संसारको हर सजीव वस्तु पनि निष्क्रिय हुन्छ।

सूर्यको मानव जीवनमा महत्वलाई समझेर हिन्दू धर्ममा मात्र हैन अन्य धर्ममा पनि सूर्यलाई धार्मिक द्रष्टिले हेरिन्छ। हिन्दू धर्म शास्त्र अनुसार सूर्य देवलाई जल अर्पण गरेमा र विधिवत सूर्य देव आराधना गरेमा जीवनमा सकारात्मक उर्जाको संचार हुनुको साथै पापबाट पनि मुक्ति मिल्छ ।

सूर्य देवको आराधनाले हुने लाभ : 

सूर्य देवको आराधना गर्दा मनुष्य बल, बुद्धि, तेज, मान-सम्मान, धन-सम्पति अनि स्वास्थ्यले परिपूर्ण भइन्छ । यसको साथ-साथ सूर्य देवको नित्य आराधना गर्दा मानव जीवनमा नव शक्तिको संचार हुन थाल्छ।

सूर्य देवको पूजाले मानव जीवनमा हुने प्रभाव : 

१) सूर्य देवको आराधनाले शरीर रोगमुक्त हुन्छ। रोग जस्तो पनि होस् सूर्य देवको विधिवत आराधनाले रोगबाट मुक्ति मिल्छ।
२) मानसिक व्याधियों – चिंता, तनाव, अवसाद, नकारात्मक सोचबाट मुक्ति मिल्छ। 
३) सूर्य देवको पूजाले जीवनमा सकारात्मक उर्जाको संचार हुन्छ।
४) सूर्य देवको पूजाले मनबाट अहंकार, हीन भावना, ईर्ष्याको भाव दूर हुन्छ ।
५) जन्म कुंडलीमा सूर्य दोष भएमा सूर्य देवको आराधना गरेमा विशेष रूपले फलदायी मानिन्छ। यस्तो व्यक्तिले नियमित रूपमा सूर्य देवको आराधना गर्नु पर्दछ।
६) सूर्य देवको आराधनाले नौकरीमा आएको अड़चन दूर हुन्छ र साथै नौकरीमा पदौन्नतिको अवसर प्राप्त हुन्छ।
७) जो व्यक्ति सम्पूर्ण जीवन सूर्य देवको आराधना गर्दछ, जल अर्पित गर्दछ त्यस्तो मनुस्यको मुखमा सैदव तेज रहन्छ। यस्तो व्यक्तिमा अरुलाई आफु तिर आकर्षित गर्ने क्षमता विकसित हुन थाल्छ ।
८) सूर्य देवको नित्य आराधना गर्ने व्यक्तिको स्वभाव निडर र शरीरबाट बलवान हुन्छ।

सूर्यदेवको आराधना कसरि गर्ने ?

आईतबारको दिन नवग्रह मंदिर गएर सूर्यदेवलाई चंदनको लेप लगाउने, धुप ९दीप० जलाउने,  सूर्य देवलाई जलले स्नान गर्दिने, कुमकुमको टीका लगाइ दिने त्यस पश्चात् चामल, प्रसाद र पुष्प अर्पित गरेर पूजा गर्ने ।

अब सूर्य देवको समक्ष बसेर सूर्य देवको यो मंत्रको जप गर्ने :

ऊँ खखोल्काय शान्ताय करणत्रयहेतवे। 
निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। 
त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। 
भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।।

सूर्य देवलाई जल अर्पित गर्ने विधि :

सूर्य देव एकमात्र यस्तो देव हुनुहुन्छ जसलाई हामी प्रत्यक्ष देखन सक्छौँ । त्यसैले सूर्य देवको आराधना घरको पूजा स्थलमा गर्नु भन्दा घर बाहिर खुला ठाउँमा सूर्य देवको समक्ष पुजा गर्दा ज्यादा फलदायी हुन्छ। सूर्यदेवको आराधनामा सूर्यदेवलाई जल अर्पित गर्नु सबै भन्दा महत्व रहन्छ। यसलाई हामी सूर्यलाई अर्ध्य दिनु भन्छौ। सूर्यदेवलाई अर्ध्य दिन बिहानै सूर्योदय भन्दा पूर्व उठेर स्नान गर्नुपर्छ र सूर्य उदयहुने बितिकै पूर्व दिशा तिर फर्केर उभिनु पर्छ ।

एक तामाको कलशमा जल भरेर चामल, चीनी, पुष्प र कुमकुमद्वारा जल छर्किने। अब सूर्य देवको अगाडि उभिएर तामाको कलशद्वारा दुवै हाथले जल जमिनमा छोडि दियौँ र ध्यान् दिऔँ । तामाको कलशलाई आफ्नो छातीको सामुन्ने र सूर्य देवलाई जल अर्पित गर्दै पात्रलाई कन्धाबाट माथि लग्ने प्रयास गरौँ। कलशबाट तल बग्ने जलधारामा सूर्यको प्रतिबिम्बलाई हेर्ने प्रयास गरौँ। सूर्य देवलाई अर्ध्य दिने समय निरंतर सूर्यदेवको यो मंत्रको जप गर्दै रहौ : “ॐ सूर्याय नमः” सूर्य देवलाई अर्ध्य दिए पश्चात् तल झुकेर जललाई स्पर्श गरौ र अंतमा सिधा उभिएर हात जोडेर सूर्यदेवलाई प्रणाम गरौँ । (एजेन्सीकाे सहयाेगमा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *