सनराइज बैंकको १४औं साधारण सभा सम्पन्न
इन्भेष्टोपेपर । पुष १६, २०७८
काठमाडौं । सनराइज बैंकले १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले बिहीवार अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा उक्त सभा सम्पन्न गरेको हो ।
सभाले ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै सभाले यस बैंक र अन्य कुनै पनि बैंक वा वित्तीय संस्थाहरु एक आफूमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन उपयुक्त देखिएको अवस्थामा आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
