प्रुडेन्सियल इन्स्योरेन्सकाे साधारण सभा भाद्र १ गतेः शेयरधनीका हात रित्तै
Investopaper, श्रावण १३, २०७६
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साउन १२ गते बसेको १९६ औं वाेर्ड बैठकले साधारण प्रस्तावहरु राखेर भाद्र १ गते सत्रौं साधारण सभा आह्वान गरेको छ । यसपटक शेयरधनीले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट कुनै पनि लाभांश नपाउने भएका छन्।
होटल दियालो लर्ड प्लाजा आदर्शनगर वीरगञ्जमा दिनको ३ बजे साधारण सभा आह्वान गरिएको छ । साधारण सभामा आर्थिक वर्ष २०७४/०७५ को नाफा नोक्सान हिसाब सहितको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण तथा रिक्त्त संचालक नियुक्तिकाे अनुमोदन गर्ने समान्य प्रस्ताव रहेका छन् ।
बीमा समितिले लागू गरेको एनएफआरएस प्रणाली अनुरुप कम्पनीले गरेको मुनाफा जगेडा तथा व्यवस्थामा खर्चनुपर्ने भएकाले आर्थिक वर्ष २०७४/०७५ को लागि बोनस शेयर तथा लाभांश प्रस्ताव नगरिएको कम्पनीले जानकारी दिएकाे छ ।
साधारण सभाका लागि कम्पनीले साउन २० गतेदेखि शेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार साउन १९ गते आइतबारसम्म कायम रहेका शेयरधनीहरुले सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।