तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

इन्भेष्टाेपेपर ।  कार्तिक २१, २०७९

काठमाडौं । तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दर ए सलाम विमानस्थलबाट बुकोबाका लागि ४३ जना यात्रु बोकेर उडेको विमान लेकसाइड सहर बुकोबामा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको हो । 

समाचार एजेन्सीका अनुसार विमान बुकोबा विमानस्थल नजिकैको भिक्टोरिया तालमा खसेको हो । खराब मौसमका कारण विमान दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा विमानका दुई पाइलटको मृत्यु भएको हुन सक्ने तान्जानियाका प्रधानमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

दुर्घटनापछि उद्धारकर्ता र स्थानीयहरू उद्धारमा खटिएका छन् । विमानस्थलमा अवतरणका लागि झर्दै गर्दा विमान पानीमा डुबेको देखेको विमानस्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् ।

एजेन्सी 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *