सत्ता साझेदार दलहरूकाे २१ बुँदे साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)
इन्भेष्टाेपेपर । पुष २५, २०७९
काठमाडौं । सरकारमा सहभागी राजनीतिक दलहरुको समझदारीका आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार साँझ सार्वजनिक भएको २१ बुँदे साझा कार्यक्रममा लोकप्रिय कार्यक्रमहरु समेटिएका छन् ।
कार्यक्रममा सबै कालखण्डका भ्रष्टाचारका फाइल खोल्नेदेखि सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनेसम्मका विभिन्न कार्यक्रम छन् । दुई वर्षमा सबैलाई साक्षर बनाउने, शिक्षाको गुणस्तरमा सुधार गर्ने, स्वस्थ नेपाल : निरोगी नेपाल लागू गर्ने, महिनावारी हुने महिलालाई मासिक एक हजार दिने, सबै बालबालिकालाई पूर्ण खोपको व्यवस्था गर्ने, श्रम ऐनमा आवश्यक संशोधन गर्ने र महिलाको प्रजनन स्वास्थ्यको संरक्षण गर्ने न्यूनतम साझा कार्यक्रम समेटिएका छन् ।
त्यस्तै, कुनै पनि नेपालीले सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने, कृषि क्षेत्रको आधुनिकीकरण गरिने, सिँचाइ आयोजनाहरूलाई पूरा गरिने, भूमि बैङ्कको स्थापना गर्ने, मल खरिदको व्यवस्थामा सुधार गर्ने, कृषि उपजको मूल्य तोक्ने, ऊर्जा विकासमार्फत आर्थिक विकास गर्ने, नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने, बाल संरक्षण अनुदान दिइने र गर्भ अवस्थादेखि मृत्युसम्मको सुरक्षा व्यवस्था गर्ने सरकारको कार्यक्रममा उल्लेख छ ।
सुशासन र आर्थिक समृद्धि केन्द्रित साझा कार्यक्रम सार्वजनिक गर्ने समारोहमा सरकारलाई समर्थन गरेका जसपाबाहेक सबै दलका शीर्ष नेता सहभागी थिए ।
हेर्नुहाेस् २१ बुँदे साझा न्यूनतम कार्यक्रमकाे पूर्णपाठ:
