काँग्रेसकाे घाेषणापत्र सार्वजनिक, के के छन त घाेषणापत्रमा ? (पूर्णपाठ हेर्नुहाेस्)

इन्भेष्टाेपेपर ।  कार्तिक १३, २०७९

काठमाण्डाैँ । नेपाली काग्रेसले सरकारकाे नेतृत्व आफै गर्ने दावीसहित चुनावी घाेषणापत्र सार्वजनिक गरेकाे छ । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने चुनावी बाचा गरेको छ ।

शनिबार सार्वजनिक गरेकाे ५२ पृष्ठ लामाे चुनावी घोषणापत्रमा कांग्रेसले सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गरेको हो ।

लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न ठूलै संरचनात्मक पहल चाहिने भन्दै कांग्रेसले आर्थिक क्षेत्रको विद्यमान नीतिगत, कानुनी र प्रक्रियागत अड्चनमा व्यापक सुधार गर्दै न्यूनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

अहिलेको सरकारले अघि बढाए पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएको नागरिकता विधेयकलाई निर्वाचनपछि आउने संसद्बाट टुङ्गो लगाउने आफ्नो घोषणापत्रमा कांग्रेसले उल्लेख गरेको छ।

गत साउन महिनादेखि ६८ वर्ष पुगेका सबै नागरिकहरूलाई ज्येष्ठ नागरिक भत्ता दिन सुरु गरेकोमा नेपाली कांग्रेस नेतृत्वको आगामी सरकारले ज्येष्ठ नागरिक भत्ता ६५ वर्ष पुगेकालाइ उपलव्ध गराउने उल्लेख गरेकाे छ ।

हेर्नुहाेस घाेषणापत्रकाे पूर्ण पाठः

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *