बैंक अफ काठमाण्डूको २५ औं वार्षिक साधारण सभा सम्पन्न

Investopaper, कार्तिक ०१, २०७६

बैंक अफ काठमाण्डूको असोज ३० गते बिहीबार सम्पन्न २५ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। उक्त सभाले लाभांश अनुमाेदन गर्नुका साथै अन्य प्रस्ताबहरू समेत पारित गरेकाे छ ।

आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट २०७६ असार सम्ममा कायम शेयर पूँजीको ६ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

यसैगरी गत आर्थिक बर्षको नाफा नोक्सान हिसाबमाथि छलफल गरि पारित गरेको छ। आर्थिक वर्ष २०७६/०७७ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि साधारण सभाबाट अनुमोदन भएका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा बैंकको कुल निक्षेप ८३ अर्ब ३२ करोड तथा कुल कर्जा ७६ अर्ब ३६ करोड रहेको छ। साथै बैंकले हाल ८७ शाखा, ७८ ए.टि.एम तथा ९ वटा एक्सटेन्सन काउण्टर सन्जाल मार्फत बैंकिङ्ग सेवाहरु दिइरहेको बैंकले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *