सेबोनको अध्यक्षमा तीन जनाको नाम सिफारिस

 Investopaper, पौष १५, २०७६ 

नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदकाे लागि भएकाे छनाैट प्रकृयामा रहेका ८ जना आवेदक मध्ये छनाैट समितिले तीन जनाकाे नाम अन्तिम सिफारिस गरि पठाएकाे छ ।  

नेपाल राष्ट बैंकका पूर्व कर्मचारी भीष्मराज ढुँगाना, धिताेपत्र बोर्डका निर्देशक निरज गिरी र डा केशवप्रसाद श्रेष्ठ गरि तीन जनाको नाम सिफारिस भएको हो  ।

यी तीन जना बाहेक नेपाल स्टक एक्स्चेञ्जका पूर्व प्रमुख सिताराम थपलिया, धितोपत्र बोर्डकै पूव सञ्चालक निलसार मगर , डा.नवराज अधिकारी, ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिँजापति तथा टंक प्रसाद पनेरूले आवदेन दिएका छन् । 

सेबोनको अध्यक्षका लागि आठ जना नामबाट अध्यक्ष सिफारिस समितिले पाँच जनाको नाम पठाएको थियो । उक्त पाँच जनाबाट  अध्यक्ष बन्न अन्तिम तीन जनाको नाम प्रक्रियामा पठाएको हो  ।

अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिविरकुमार ढुंगाना र आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्य रहेको ३ सदश्यीय छनोट समिति बनाएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *