रा.वा.बैंक कर्मचारी संघ नेपालको ३२औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न
इन्भेष्टोपेपर । श्रावण ०७, २०७८
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सवको कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । ३२ औं वर्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डोत्तलन गर्नुभएको थियो ।
३२ औं वर्षिकोत्सवको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा संघका का.वा. अध्यक्ष रामप्रसाद जोशीेले प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरि शुरू गरिएकाे कार्यक्रममा ६७ जना बैंक कर्मचारीहरुले रक्तदान गर्नुभएको थियो । यसै अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने भएको छ ।
संघका महासचिव लक्ष्मीप्रसाद पाण्डेले संचालन गर्नुभएको रक्तदान कार्यक्रममा रक्तदान कार्यकमका संयोजक बद्रीप्रसाद तिमिल्सिना, कार्यकारीणी समितिका पदाधिकारीहरु, केन्द्रीय समिति तथा क्षेत्रीय समितिका पदाधिकारीहरु, नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल रा.वा.बैंकका अध्यक्ष गगनसिंह घिमिरे तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, कम्पनी सचिव, उपप्रमुखहरु, शाखा प्रबन्धकहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
