३३ पोखरी पदयात्रा सम्पन्न, क्यालेन्डर प्रदर्शनी सुरु

न्भेष्टाेपेपर । वैशाख ५, २०८१

काठमाण्डाैँ । तापमान बढेसंगै पोखरीहरु सुकिरहेका छन् । भक्तपुर सहरका पोखरी कति सुकेको छ भन्ने अध्ययन अवलोकन गर्ने उदेश्यले बिगत ७ बर्ष देखि नयाँ बर्षको दिन आयोजना गरिदै आएको ३३ पोखरी पदयात्राको महत्व प्रकाश पार्दै ज्ञानखबर एजुकेसन एण्ड रिसर्च मिडियाका व्यवस्थापक राजन कुसीले पानीको सतह बढाउने उपायहरु खोज्न पर्ने कुरा व्यक्त गरे।

भक्तपुर टुर्सका योजनाकार रविन राचलिकाले पानीको श्रोत संरक्षण गरी साँस्कृतिक सम्पदाहरुको माध्यमबाट  पर्यटन प्रवर्द्धन गर्न सकिने  धारणा राखे । 

कार्यक्रममा सहभागी पदयात्रीहरूको प्रतिनिधित्व गर्दै राहुल भुजू र नारायण खतिवडाले कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद सहित पोखरीसंगै रहेको कुमारी बैंक नपुखु शाखाको तर्फबाट नयाँ बर्षको शुभकामना व्यक्त गरे ।

भक्तपुर टुर्स तथा ज्ञानखबर एजुकेसन एण्ड रिसर्च मिडियाको संयुक्त आयोजनामा भएको सो पदयात्रामा पोखरी नजिकै कार्यलय रहेको कर्मचारीहरुको सक्रिय सभागिता रहेको थियो । यात्रा दुई भेगमा पुरा भएको हो । 

दक्षिण भेगको यात्रा

माहेश्वरी मन्दिरबाट सुरु भएको यात्रा जेलाँ स्थित पुखुचा बाट खचाँ पुखु, याता न्हाद पुखु, याता बाहारे पुखु हुदै कुमारी पुखु पुगेको थियो । ल्योसिख्य पुखुबाट खल्लाँ हुदै हालै मर्मत गरिएको लैको पुखुको सौन्दर्य अवलोकन गरी यात्रा बजार क्षेत्र हुदै अगाडी बढेको थियो । 

बजार क्षेत्रको मंगलकुण्डमा पानीको सतह सबै भन्दा बढी रहेको पाइयो । त्यहाँ धाराको पानीले पोखरी भर्ने गरिएको छ । त्यस पछि यात्रा, थुगुचो, देगमना पुखु, तेखापुखु हुदै गत महिना उद्धघाटन गरिएको भाजु पुखु पुगे पछि दक्षिण भेगको पोखरीको यात्रा सकियो । 

उत्तरी भेगको यात्रा

रानीपोखरी, सिद्धपोखरी, नपुखु, कालदहचा, मचागाँ पुखु, इन्द्रायणी पुखु पछि यात्रा भक्तपुर दरवार गेट पुग्यो । दरवार भित्र रहेका तीन पोखरी मध्ये भण्डारखाल पोखरी, हालै कला संग्राहलय अन्तर्गत राखिएकोले नयाँ बर्षको बिदाको कारण बन्द रहेको छ । दरवार भित्र रहेको अरिचा पुखु निकै शान्त रहेको छ । लायकु लुहिटि पुखुमा फोटो खिच्नेहरुको भीड देखियो । 

ब्यासीमा रहेका दुई पोखरी डाँडाको फेदमा रहेको कारणले पानीको सतह, अरु पोखरीको भन्दा माथि छ । यस्तै अवस्था महाकाली स्थित अचाँ पुखूमा रहेको छ । 

वडा नंबर ६ संग जोडिएको भौल्वा पुखु,  गमलामा फुल रोपेर सजाइएको छ । बेखालपुखुको पानी प्रयोगबिहीन अवस्थामा रहेको पाइयो । नागपोखरीमा पनि पानीको सतह तल पगुेको छ । चोर्चाको पुखुमा भने संगै रहेको धाराबाट बगेको पानी जम्मा हुने गरेको छ। 

यात्रा सलाँ गणेश पुखु, क्वाठाण्डौ पुखु र गोङग पुखु हुदै लामाग पुखुमा पुग्यो । यस पछि कमलपोखरी, गरुडकुण्ड र अन्तिममा च्याँम्हासिह पुखुमा पुगेर ३३ पोखरी पदयात्राकोे परिक्रमा पुरा भएको हो । 

भक्तपुरमा क्यालेन्डर प्रदर्शनी सुरु

नयाँ बर्ष २०८१ तथा बिस्का जात्राको अबसरमा ऐतिहासिक तथा साँस्कृतिक नगर भक्तपुरमा क्यालेन्डर प्रदर्शनी सुरु भएको छ । बिस्का जात्राको अन्तिम दिन बैशाक ५ गते सम्म प्रदर्शनी चल्नेछ । क्यालेन्डरमा प्रस्तुत भएको फोटोबाट पर्यटन प्रचार गर्ने उदेश्यले क्यालेन्डर प्रदर्शनी गरिएको हो । भक्तपुर टुर्स र ज्ञानखबर एजुकेशन एण्ड रिसर्च मिडियाको संयुक्त योजनामा प्रदर्शनी गरिएको हो । 

मिडियाहरुको प्रतिनिधित्व हुने गरी भएको प्रदर्शनीमा राष्ट्रिय फोटो पत्रकार समूह, काठमाण्डौं फोटोग्राफर संघको जीवन शैली र बन्यजन्तुको फोटो राखिएका क्यालेन्डर प्रदर्शनको लागि राखिएको छ । बैंकहरुको प्रतिनिधित्व हुने गरी कृषि बिकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र महालक्ष्मी बैंकका क्यालेन्डर प्रदर्शन गरिएको छ । फाइनायन्सको क्षेत्रबाट नेपाल फाइनायन्सले सहभागिता जनाएको छ । बिमाहरु मध्ये राष्ट्रिय बिमा कम्पनी, जीबन बिमा कम्पनी, सानिमा जीआइसीको सहभागिता रहेको छ । यसै गरी गाउँपालिका महासंघको क्यालेन्डर पनि प्रदर्शनको लागि राखिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *