लाभांश प्रस्ताव पारित गर्दै इन्भेष्टमेण्ट बैंककोे ३३औँ वार्षिक साधारणसभा सम्पन्न
Investopaper, पौष २९, २०७६
काठमाडौँ, पौष २८, २०७६ – नेपाल इन्भेष्टमेण्ट बैंक लि.कोे ३३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौँमा सम्पन्न साधारणसभाले संचालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार Nepal Financial Reporting Standards (NFRS) बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
साधारणसभाले २०७५–७६ सम्मको संचित मुनाफाबाट २०७६ आषाढ मसान्तसम्ममा कायम शेयर पूँजीको १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभाशं दिने प्रस्ताव पनि पारित गरेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी रु. १४ अर्ब २२ करोड (पारित १०.५ प्रतिशत बोनस सहित) पुगेको छ र बैंकले आ.व. २०७५–७६ मा रू.४ अर्ब १३ करोडको सञ्चालन मुनाफा कमाएको छ । त्यसै गरी बैंकको खुदनाफा ३ अर्ब ३२ करोड पुगेको छ र बैंकको निक्षेप ८.४५ प्रतिशतले बढेर रू. १ खर्ब ५२ अर्ब पुगेको छ । यसैगरि कर्जा लगानी ५.२३ प्रतिशतले बढेर रू. १ खर्ब २७ अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) अनुपात २.७८ प्रतिशत रहेको छ ।
बैंकले हालमा विस्तारित शाखाहरु सहित गरेर ८२ वटा शाखा कार्यालय, १६ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा तथा १२४ वटा एटिएमबाट सेवा दिइरहेको छ ।
बैंक अफ दि इयर पाँच पटक प्राप्त गरिसकेको र Euromoney नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट Euromoney award for excellence “Best Bank 2018” अवार्ड पनि प्राप्त गर्न सफल भएको NIBL बर्ष इक्रा नेपालद्धारा प्रदान गरिएको A+ स्त्तरोनन्तिलाई कायम राख्न सफल भएको छ ।
