नेशनल लाईफ इन्स्योरेन्सको ३३औं वार्षिक साधारण सभा सम्पन्न

इन्भेष्टोपेपर । फागुन ३०, २०७८

काठमाण्डाैँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३औं वार्षिक साधारण सभा फागुन २९ गतेका दिन अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।

३३औं वार्षिक साधारण सभाले आ.व. २०७६/०७७को लागि चुक्ता पूँजीको १९ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,३९,०८,८९२।- नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

सभामा कम्पनी अध्यक्षले कोभिड १९ को प्रकोप यथावत रहेता पनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बीमितको आवश्यकता अनुसारको उच्च गुणस्तरीय बीमा योजनाहरुले गर्दा जीवन बीमा बजारको लागि राम्रो आधार सिर्जनाभएको बताउनु भयो ।

सभामा अध्यक्षले आ.व.२०७७/०७८ मा कम्पनीको ब्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमा शुल्क ७१ प्रतिशतले बृद्धिभई रु.४ अरब नाघेको जानकारी गराउनु भयो । आउने दिनहरुमा समेत नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमाअग्रणी भूमीका निर्वाह गर्नेमा विश्वास प्रकटगर्नु भयो । कम्पनीले शाखा सन्जाल, अभिकर्ता ब्यवसायीकरण एवं प्रविधिमा थप लगानी गर्ने योजना रहेको जानकारी गराउनु भयो ।

कम्पनीकाे कूल बीमा शुल्क १५.१२ प्रतिशतले बृद्धि भई रु.९२६.७४ करोड पुगेको छ ।जीवन बीमा कोष २४.२९ प्रतिशतले बृद्धिभई रु.३,३४६ करोड पुगेको र कूल लगानी १८.८४ प्रतिशतले बृद्धिभई रु.३,१८५ करोड पुगेको छ । आ.व.२०७६/०७७मावार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको र चालु वर्षको वोनस समेत गरी कूलपूँजी रु.४ अरब ३ करोड नाघेको छ ।

यसै गरी सो साधारण सभावाट संस्थापक समूह क वर्ग वाट ३ जना प्रेमा राज्यलक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली संचालकमा निर्वाचित हुनभएको छ भने सर्वसाधारण ख वर्गवाट २ जना भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित हुनु भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *