शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३१ प्रतिशतले वृद्धी

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ३१.०७ प्रतिशतले खुद नाफा बढाएर ३१ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तेस्रो त्रैमासमा २३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको खुद नाफा ७ करोड ३७ लाख रुपैयाँले बढेको हो।

आर्थिक बर्ष २०७४/०७५ को मुनाफाबाट १७.७० प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी एक अर्ब ३७ करोड ८६ लाख रुपैयाँबाट एक अर्ब ६२ करोड २६ लाख रुपैयाँ पुर्याएको बैंकको जगेडा कोष २६.८५ प्रतिशत बढेर ६४ करोड २३ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।


बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी ६३ करोड ९८ लाख १५ हजार रुपैयाँ र सञ्चालन नाफा ४८ करोड ५६ लाख ७७ हजार रुपैयाँ पुगेको हा । बैंकको खुद ब्याज आम्दानी ३६ प्रतिशत र सञ्चालन नाफा ३८ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ अर्ब ९८ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १५ अर्ब २९ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रमुख वित्तिय सूचांकहरूः

  • प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा
  • प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ५९ पैसा छ ।
  • प्रतिशेयर कुल सम्पत्तिकाे मूल्य १२०४ रूपैयां ९५ पैसा
  • मूल्य आम्दानी अनुपात ९.२० गुणा बढी छ ।
  • निष्कृय कर्जा अनुपात ०.१९ प्रतिशत
  • सिडी रेसियाे ७७.३२ प्रतिशत
  • बेसरेट ९.८५ प्रतिशत

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *