नेशनल माइक्रोफाइनान्सको खुद नाफा ५३ प्रतिशतले वृद्धि : इपिएस कति ?

Investopaper, श्रावण ०७, २०७६

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा खुद नाफा १३ करोड १४ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा ५३ . २७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ८ करोड ५७ लाख रुपैयाँ कमाएको थियो ।

गत साेही अवधिकाे तुलनामा निष्कृय कर्जा ५५ प्रतिशतले बढेकाे माइक्राेफाइनान्सकाे प्रति शेयर अाम्दानी ५३ प्रतिशतले बढेर ८७ रूपैयां १२ पैसा पुगेकाे छ ।

१५ करोड ८ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी भएको नेशनल माइक्रोफाइनान्सले जगेडाकोषमा २४ करोड १२ लाख रुपैयाँ छुटाएको छ । जसले कर्जामा ३ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ ।

नेशनल माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ५४ . ६५ प्रतिशतले बढेर २६ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५५ . २२ प्रतिशतले बढेर २० करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ ।

नेशनल माइक्राेफाइनान्सका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः

  • चुक्ता पुंजी १५ करोड ८ लाख ८३ हजार छ र यस अवधिमा कुनै वृद्धी भएकाे छैन ।
  • यस अवधिमा भाखा नाघेकाे कर्जा १.४३ प्रतिशत छ,
  • यस अवधिमा लघुवित्तकाे प्रति सेयर आम्दानी (ईपिएस) ८७ रूपैया १२ पैसा,
  • प्रति सेयर नेटवर्थ २५९.८६ रूपैंया,
  • जोखिम युक्त सम्पत्ति ११.११ प्रतिशत,
  • तरलता अनुपात १२.२६ प्रतिशत ,
  • कोषको लागत ९.४९ प्रतिशत,
  • मूल्य आम्दानी अनुपात १८.३० गुणा र
  • सेयरकाे बजारमूल्य १४७५ रूपैया रहेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *