जानी राखाैः हाम्राे शरीर सम्बन्धि ५० वटा रोचक तथ्यहरू

Investopaper / एजेन्सी 

मानव शरीरकाे बारेमा जतिजति बुझ्दै गयाे उतिउति जान्ने रहर र जिज्ञाशाहरू मुखरित भैरहन्छन । अझ नयां नयां वैज्ञानिक खाेज र अाविष्कारले त संसारलाइ नै चकित पारिरहेकाे छ । हाम्राे शरीर पनि यस्तै रहश्यकाे खानी भएकाले नयां कुराहरू वा राेचक तथ्यहरू उद्घाटन भैरहेका छन । यस्तै ५० वटा तथ्यहरूकाे बारेमा जानकारी हासिल गराै ।

१. हरेक दिन मानिसको पेटले २ लिटर हाइड्रोक्लोरिक एसिड उत्पादन गर्छ ।

२. हाँस्नु प्रभावकारी पेनकिलर हो ।

३. पहिलोपटक इशापूर्व २००० तिर इजिप्सियनले गोहीको गोबरलाई गर्भनिरोधक औषधिको रुपमा प्रयोग गरेका थिए ।

४. गर्भवती महिलाको दाँतको समस्याले गर्भमा रहेको बच्चालाई असर पर्न सक्छ ।

५. चुम्बनले दाँत सड्नबाट बचाउछ । चुम्बनका क्रममा निस्कने थप ¥यालले मुख सफा राख्ने भएकाले दाँतको सडनबाट बच्न सकिन्छ ।

६. कालो छाला भएको मानिस गोरो छाला भएको मानिसभन्दा ढिलो चाउरी पर्छ ।

७. धुमपान नगर्नेभन्दा गर्ने मानिस १० गुणा बढी चाउरिन्छन् ।

८. अमेरिकाका १० वर्ष उमेर पुगेका ८० प्रतिशत बालिकाहरु डाइट गर्छन् ।

९. सामान्यतः एक मानिसले एक रातमा ७ पटक सपना देख्छ ।

१०. एक मानिस दिनमा कम्तीमा १५ पटक हाँस्छ ।

११. महिनामा तीनपटक चकलेट खाने मानिस बढी चकलेट खाने मानिसभन्दा बढी बाँच्ने सम्भावना हुन्छ ।

१२. एउटा मानिससंग सामान्यतः ५ हजार देखि ६ हजार शब्दको भण्डार हुन्छ ।

१३. एउटा मानिस आफ्नो जीवनकालभर पृथ्वीलाई दुईपटक घुम्ने दुरीजति हिड्छ ।

१४. विश्वका १० प्रतिशत मानिस देब्रे हात प्रयोग गर्छन् ।

१५. मानिसको एउटा रौेंले ३ किलो वजन धान्न सक्छ ।

१६. ३० वर्षपछि मानिस विस्तारै कुप्रिन थाल्छ ।

१७. मानव हड्डी स्टीलभन्दा बलियो हुन्छ । तर, ५० गुणा हलुका हुन्छ ।

१८. मानव शरीरको कुल तौलको १४ प्रतिशत हड्डी हुन्छ ।

१९. मानिसको दिमाग सुपर कम्प्युटरभन्दा तीब्र हुन्छ, जसले एकै सेकेण्डमा अर्बौ संकेतहरु प्रशोधन गर्छ । भारतका विश्वनाथ आनन्दले चेस प्रतियोगितामा कम्प्युटरलाई समेत जितेका थिए ।

२०. खुट्टामा भएको हड्डीले शरीरको हड्डीको २५ प्रतिशत ओगट्छ ।

२१. मानिसको जन्मदेखि नै कहिल्यै नबढ्ने अंग कान हो ।

२२. एक मानिसको टाउकोमा सामान्यतः १ लाखदेखि डेढ लाखसम्म रौं हुन्छन् ।

२३. मानिसको जीवनकालमा मुटुले १० लाख ब्यारेल रगत पम्प गर्छ, जो तीन ट्यांकर भर्न काफी हुन्छ ।

२४. मानव ब्रेनको चौडाई १४० मिलिमिटर हुन्छ ।

२५.वर्षको ३६५ दिनमध्ये मानिस सालाखाला १२२ दिन सुत्छ ।

२६. मानिसको आत्मपहिचान गर्ने मानव ब्रेन दाहिनेपट्टिको हो ।

२७. पुरुषले दाहिनेपट्टिको ब्रेनमार्फत् सुन्छन् भने महिलाले दुवै पट्टिको ब्रेन प्रयोग गर्छन् ।

२८. गर्भमा रहँदादेखि नै शिशुमा सुन्ने क्षमताको विकास हुन्छ ।

२९. मानिसको कानमा बन्ने कानेगुजी तेल र पसिनाबाट बनेको हुन्छ ।

३०. महिलाको शरीर आफ्नो जीवनकालमा ३५ बालबालिकालाई जन्मदिन सक्ने क्षमताको हुन्छ ।

३१. मानिसको स्पाइनल कर्डले १० अर्ब स्नायु कोषलाई नियन्त्रण गर्छ, तर, यो दुई फिट लामो मात्र हुन्छ ।

३२. मध्य दिनमा हाम्रो आँखा बढी चम्किलो हुन्छ ।

३३. हाच्छ्युँ आउदा नाकको धुलो सफा हुन्छ ।

३४. भर्खर जन्मेको शिशुमा २६ अर्ब सेल हुन्छ ।

३५. मानव बोली निस्कदा ७२ वटा मांशपेशी प्रयोग हुन्छ ।

३६. मानिसको दिमागले डरको स्मरणलाई भण्डार गरिराख्छ ।

३७. ठुलो स्वरले पढ्दा बालबालिकाको दिमागको विकास हुन्छ ।

३८. मानिसको रौं ०.३ देखि ०.५ मिलिमिटर दैनिक बढ्छ ।

३९. मानिसमा २० देखि ३० लाख पसिना ग्रन्थी हुन्छन्, जसले गर्मीको दिनमा १३ लिटरसम्म पसिना उत्पादन गर्छन् ।

४०. मानिसको टाउकोमा १०००००००००००० स्नायु सेल हुन्छन् ।

४१. मानिसको नङको सेतो भागलाई लुनुला भनिन्छ ।

४२. मानिसको दिमागले २० प्रतिशत रगत र अक्सिजन प्रयोग गर्छ ।

४३. स्वस्थ कलेजोले दैनिक ७२० लिटर रगत प्रशोधन गर्छ ।

४४. ब्रस गरेको ६ घण्टापछि नै दाँतमा मैलो जम्मा हुन सुरु गर्छ ।

४५. मानव शरीरमा रक्त नलीहरुको लम्बाई ५९ हजार ९ सय ५१ माइल हुन्छ ।

४६. मानिसको नर्भस सिस्टमले ब्रेनलाई १८० माइल प्रतिघण्टाको गतिमा सन्चार गर्छ ।

४७. महिलाहरुको सुँघ्ने क्षमता पुरुषमा भन्दा बढी हुन्छ ।

४८. मानिसको आँखाले १० करोड रंग पहिचान गर्न सक्छ ।

४९. मानिसको शरीरमा एउटा किला बनाउन मिल्ने फलाम हुन्छ ।

५०. नवजात शिशुहरु जन्मेको तीन देखि ६ हप्तासम्म आँसु नझारिकन रुन्छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *