आचारसंहिता उल्लंघन गरेबापत ५ हजार जरीवाना

इन्भेष्टाेपेपर ।  कार्तिक २०, २०७९

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लंघनमा रू. ५ हजार जरीवाना गरेको छ ।

वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौं क्षेत्र नं ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरीवाना गराउने निर्णय गरेको हो । रिजालले कांग्रेसको प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो ।

रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क) को प्रतिबन्धात्मक वाक्यांश (४) प्रतिकूल हुने गरी कार्य पुष्टि भएकाले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले बताएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *