६ ओटा निर्माण कम्पनी कालोसूचीमा

इन्भेष्टोपेपर । मंसिर २३, २०७८

काठमाडौं । सरकारले ६ ओटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । 

सार्वजनिक खरीद अनुगमन कार्यालयको बुधवार बसेको बैठकले बिहीवारदेखि लागू हुनेगरी ६ ओटा निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयद्वारा बिहीवार जारी सूचनामा उल्लेख छ । 

कालोसूचीमा परेको कम्पनीमा काठमाडौंका निलगिरि निर्माण सेवा, एलिट कन्स्ट्रक्सन कम्पनी,  च्याङ्ग्रासी निर्माण सेवा, एसएसएम कन्स्ट्रक्सन प्रालि र बाँकेका त्रिदेव निर्माण सेवा तथा एसएनसी निर्माण सेवा प्रालि रहेका छन् । 

सम्झौता अनुसार निर्माण सम्पन्न नगरेकाका कारण सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका अनुसार सडक डिभिजन कार्यालय लहानको सिफारिसमा निलगिरि निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै सर्लाहीको चन्द्रनगर गाउँपालिकाको सिफारिसमा एलिट कन्स्ट्रक्सन कम्पनी तथा तारकेश्वर नगरपालिका काठमाडौंको सिफारिसमा च्याङ्ग्रासी निर्माण सेवालाई दुई÷दुई वर्षका लागि कालोसूचीमा राखिएकोे छ । 

यसैगरी एसएसएम कन्स्ट्रक्सन प्रालि, त्रिदेव निर्माण सेवा र एसएनसी निर्माण सेवा प्रालिलाई एक/एक वर्षका लागि कालोसूचीमा राखिएको सो कार्यालयले जानकारी दिएको छ । 

ती कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जानकारी दिएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *