सुन तस्करी प्रकरणमा भन्सार कार्यालयका ६ जना पक्राउ

न्भेष्टाेपेपर । साउन ८, २०८०

काठमाण्डाै । त्रिभुवन विमानस्थलमा बरामद भएकाे सुन तस्करी प्रकरणमा भन्सार कार्यालयका ३ कर्मचारी सहित ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् । १०० किलाे भन्दा धेरै सुन तस्करीमा संलग्न भएकाे आरोपमा राजस्व अनुसन्धान विभागको टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेकाे हाे ।

भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई विभागद्वारा नियन्त्रणमा लिइएकाे हाे । हालसम्म सुन तस्करी प्रकरणमा  १६ जना पक्राउ परिसकेका छन् ।

यसअघि सुन पास गराउन सहयाेग गरेकाे आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परिसकेका छन् । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *