वि.सं. २०७५ सालमा ११ आयोजनाबाट राष्ट्रिय प्रसारणमा थपियो ७० मेगावाट विद्युत्
Investopaper, वैशाख ०२, २०७६
वि.सं. २०७५ सालमा ११ आयोजनाबाट ७०.१६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । साैर्य उर्जा तथा जल विद्युतका साना, मझौला र लघु आयोजनाहरूबाट राष्ट्रिय प्रसारण लाइनमा सो परिमाणको विद्युत् जोडिएको हो ।
२०७५ साल भित्रै राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य राखेको कुलेखानी तेस्रोको १४ मेगावाट भने ग्रिडमा जोडिएन । योसहित निजी र सरकारी क्षेत्रले निर्माण गरिरहेका १९ आयोजनाका २ सय ६५ मेगावाट विद्युत् भने यसै आर्थिक वर्ष (असार मसान्त) भित्र राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य रहेको छ ।
२०७५ मा राष्ट्रिय प्रसारणमा जोडिएका ११ आयोजना
१. बागमती सानो जलविद्युत् आयोजना २२ मेगावाट
२. मद्क्यु खोला १३ मेगावाट
३. रुदी खोला ए ८.८ मेगावाट
४. माई साना क्यास्केड ८ मेगावाट
५. सुपर माई हाइड्रोपावर– ७.८ मेगावाट
६. मोलुंग खोला ७ मेगावाट
७. ठेउले खोला १.५ मेगावाट
८. विष्णुप्रिया सोलार फारम आयोजना ०.९६ मेगावाट
९. सिंहदरबार परिसर सौर्य ऊर्जा ०.९६ मेगावाट
१०. सोबुवा खोला २ –०.९० मेगावाट
११. लेगुवा खोला ०.०४ मेगावाट
जम्मा ७०.१६ (मेगावाट)
स्रोतः ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग
