सुनसरीमा निलगाईको एक हुल बास

इन्भेष्टोपेपर । श्रावण १०, २०७

सुनसरी — सुनसरीको देवानगञ्ज गाउँपालिका क्षेत्रमा पछिल्लो केहि समययता निलगाईको एक हुल बास बस्ने गरेका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट गाउँ पसेको निलगाईको सो समुहले किसानका खेतबारीमा क्षति पु¥याईरहेका छन् । 

सुनसरीको दक्षिणी गाउँपालिका देवानगञ्जको वडा नम्वर ५ साहेबगञ्जका बासिन्दाका खेतबारीहरुमा यतिखेर निलगाईको एक हुलले बास लिएको छ । एकदर्जन बढीको समुहमा जंंगलबाट निस्किएर गाउँ पसेका निलगाईको हुल स्थानियको खेतहरुमा चर्दै गरेको भेटिन्छ । त्यतो त विगत २ बर्षयता यस क्षेत्रमा निलगाई देखिन थालेको स्थानिय बताउँछन् ।

दिनभरि स्थानियको खेतमा चर्ने निलगाई मानिसलाई देखेपछि भने तर्किएर भाग्छ । रातको समयमा सोहि वडाको पुर्वतर्फ रहेको बुढी खोला किनारको झाडी तथा स्थानियको उखु र मकैबारीमा निलगाईहरुले बास लिने गरेको स्थानियले बताएका छन । स्थानिय भाषामा निलगाईलाई घोडगदहा भनेर चिनिन्छ ।

साहेबगञ्जको सो क्षेत्रमा १५ वटा भन्दा बढी निलगाईले आश्रय लिएको स्थानियले जानकारी दिएका छन । दिनको समय भन्दापनि प्रायजसो रातको समयमा समुहमा निस्कने निलगाईको समुहले बालीनालीमा क्षति पु¥याउने गरेपनि सामान्य लखेट्ने बाहेक कसैले पनि कुटपिट नगर्ने गरेको स्थानियले बताएका छन ।

निलगाई नेपाल लगायतका एसियाली राष्ट्रहरूमा पाइने ठूलो प्रजातिको मृग हो । यसको गाईका जस्ता कान, छोटो र बाङ्गो सिङ, गर्दनमा काला छोटा रौँ, घाँटीमा लामा रौँका गुच्छा हुने र बराँठको जस्तो रङ हुन्छ । यसलाई घोडगधा,लिलीगाई र ब्लु बुलको नामले पनि चिनिन्छ ।

देवानगञ्जमा आश्रय लिएको निलगाई सो गाउँपालिकाको उत्तरतर्फ रहेको कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएको हुनसक्ने स्थानियको अनुमान छ । निलगाईको समुहले किसानको खेतीबालीमा क्षति पु¥याईरहेको बिषयमा उजुरी आए अवस्था अनुसारको निर्णय लिईने जिल्ला बन कार्यालय सुनसरीले जनाएको छ ।

जंगलक्षेत्र अतिक्रमण भएर मानव बस्तीको बिस्तार हुँदै गएको तथा जलवायुको नकारात्मक असरका कारण जंगलहरु उजाड हुँदै गएपछि जनावरहरु आहारको खोजीगर्दै मानव बस्ती प्रवेश गरिरहेको जानकार बताउछन । निलगाईको संरक्षण गर्दै किसानको खेतबालीको रक्षा गर्नु अहिलेको आवश्यकता बनेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *