आधा शताब्दीसम्म ननुहाएका फाेहाेरी व्यक्ति, नुहाएकाे केही समयपछि निधन

इन्भेष्टाेपेपर ।  कार्तिक ११, २०७९

सञ्चारमाध्यमहरूले ‘विश्वकै फोहोरी व्यक्तिको’ संज्ञा दिएका एक जना सन्यासी वृद्धको ९४ वर्षको उमेरमा निधन भएको छ। उनकाे नाम आमु हाजी हाे तथा उनी इरानका नागरिक हुन ।

आफूलाई बिरामी बनाउने भयले आमु हाजीले आधा शताब्दीभन्दा बढी समयसम्म साबुन र पानीको प्रयोग गर्न अस्वीकार गरेका थिए। आमु हाजी बिरामी पर्ने डरले साबुनको प्रयोग गर्न डराउँथे । दशकौँपछि पहिलो पटक नुहाएको केही महिनापछि उनको निधन भएको थियो।

दक्षिणी प्रान्त फार्समा बसोबास गर्ने हाजीले गाउँलेहरूले उनलाई सफा पारिदिन विगतमा गरेका प्रयास टार्दै आएका थिए। तर स्थानीय सञ्चारमाध्यमका अनुसार उनी अन्ततः दबाब सामु झुके र केही महिनाअघि उनले नुहाए।

इरानको आइआरएनए समाचार संस्थाका अनुसार त्यसको केही समयपछि उनी बिरामी भए र आईतवार उनको निधन भयो। सन् २०१४ मा द तेहरान टाइम्सलाई दिएको अन्तरवार्तामा उनले आफ्नो मनपर्ने खानेकुरा दुम्सी भएको खुलासा गरेका थिए।

उनले जमिनमा बनाइएको प्वाल र छिमेकीहरूले बनाएको इट्टाको टहरोकाबीच देजगाह गाउँमा आफू बस्ने गरेको पनि बताएका थिए।

आमु हाजी चुरोटका सौखिन थिए

आफू किशोर छँदा व्यहोरेको ‘भावनात्मक क्षति’ बाट पार पाउन त्यस्तो अस्वाभाविक रोजाइको पक्षमा आफू उभिएको उनको भनाई थियो। वर्षौँसम्म ननुहाउँदा उनको छाला कालो धुवाँ र कडा पहेँलो फोहोरले ढाकिएको आइआरएनएले जनाएको छ।

उनको खान्कीमा कुहिएको मासु र थोत्रो तेलको जर्किनमा राखिएको अस्वास्थ्यकर पानी रहने गरेको थियो। उनलाई धूम्रपान मन पर्थ्यो र एक पटक भन्दा बढी समय एक भन्दा बढी चुरोट एकै पटक तानिरहेको अवस्थाको उनको तस्बिर खिचिएका थिए।

इरानी समाचार संस्थाले नुहाउने वा सफा पानी उपलब्ध गराउने प्रयासले उनलाई दुखी तुल्याउने गरेको जनाएको छ।

यद्यपि लामो समय ननुहाएर बस्ने कीर्तिमान उनको नाममा हुन्छ कि हुँदैन भन्ने विषयलाई लिएर केही विवाद रहेको छ। सन् २००९ मा एक जना भारतीय पुरुषले ३५ वर्षसम्म ननुहाएको र आफ्नो दाँत पनि नमाझेको विवरण आएको थियो। त्यसयता उनलाई के भयो भन्ने अझै प्रस्ट छैन।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *