विद्युत् प्राधिकरणको हेटौँडामा रहेकाे गोदामघरमा आगलागी

न्भेष्टाेपेपर ।  माघ १२, २०७९

मकवानपुर ।  हेटौँडामा रहेको नेपाल विद्युत् प्राधिकरणको गोदाम घरमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गोदाममा गएराति आगलागी भएको हो । गोदाममा करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

आगलागीबाट प्राधिकरणका धेरै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिबारे यकिन जानकारी आएको छैन । गोदामघरमा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि निभाइएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *