सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

इन्भेष्टाेपेपर ।  फागुन २८, २०८२

काठमाण्डाैँ । आज बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला दुई हजार रुपैयाँ र चाँदी तोलामा २०५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य २०५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *