एउटै औँलाले हल्लाउन सकिने ठूलो ढुङ्गो

न्भेष्टाेपेपर ।  पुष १३, २०७९

दोलखा ।  झट्ट हेर्दा पत्याउन गाह्रो छ । तर दोलखाको मेलुङ गाउँपालिका–४ मा एक औँलाले मज्जाले हल्लाउन सकिने बडेमाको ढुङ्गो छ । गोठालाहरु यसमा चढेर मज्जाले हल्ली हल्ली खेल्ने गर्दछन् तर लड्दैन । यसले सबैजनालाई अचम्मित बनाएको छ । ठाउँको नामै हल्लिने ढुङ्गा रहन गएको छ ।  

यसलाई बूढापुराना गाउँले दैविक शक्ति मान्छन् भने अहिलेका प्राकृतिकको कमाल मान्दछन् । तलबाट पनि बडेमाको ढुङ्गो छ । त्यसमाथि यो अडिएको छ । तल्लो माटोको भागमा गाडिएको छ भने यो त्यसमाथि अडिएको मात्र देखिन्छ । तल्लोको चुचो माथिल्लोको करिब डेढ फुट खोपुवामा मिलेर बसेको छ । त्यसकारण यो मज्जाले हल्लिन्छ तर खोपुवा भएकाले यताउति हुँदैन । सन्तुलन रहेकाले आफ्नै घाटमा चलिरहन्छ । 

यो सरकारी जग्गामा छ । यसका नजिक कोइरालाबोट, गैरा टोल बस्ती छन् । गाउँको बुद्धचोकबाट १५/२० मिनेटमा पैदलबाट पुगिन्छ । गाउँपालिका प्रमुख हीरा थोकरले अचम्मको र मनोन्जनात्मक हल्लिने ढुङ्गा प्रचार प्रसारको कमीले छायाँमा परेको बताउनुभयो । सिंहदरबारको अधिकार अब गाउँमा आएको छ । यसलाई सदुपयोग गर्दै यसलाई नेपाल मात्र होइन विश्व सामु पु–याउने गाउँपालिकाको सोच बनेको छ, उहाँले भन्नुभयो । 

 ‘‘प्रथमत: विकासको पूर्वाधार मानिने सडक सञ्जाल त्यहाँ पु–याएका छौँ । उहाँले भन्नुभयो, ‘‘संरक्षण कोष खडागरी यसको संरक्षण संवर्द्धन गर्दै आयआम्दानीको स्रोत पनि बनाउनेछौँ ।’’ मनमोहक सैलुङडाँडालाई पर्यटक मैत्री बनाएलगत्तै यसको पनि महत्व बढ्ने अपेक्षा राखिएको छ । (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *