कृषि विकास बैंकद्वारा मोबाइल बैंकिङ्ग एपबाट २ लाखसम्म कर्जा प्राप्त गर्न सकिने

न्भेष्टाेपेपर । चैत्र २३, २०८०

काठमाण्डौ । बढ्दो डिजिटल प्रबिधिको माग तथा प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच तथा समावेशीकरण तर्फको पहल अन्तर्गत, कृषि विकास बैंक लिमिटेडले ए डि बि एल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा शुरु गरेको छ ।

यस सुविधा मार्फत, योग्य ग्राहकले रु.२ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ्ख एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन् ।

कृषि विकास बैंक लि मा तलवी प्रकारका खाता भएका योग्य ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ्ग एपबाट नै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि इ एम आई आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन भने पूर्व भुक्तानको विकल्प पनि रहने छ ।

ए डि बि एल इन्स्ट्यान फोनलोन योग्य ग्राहकहरुले बाई नाँउ, पे लेटर सुविधा पनि प्राप्त गर्न सक्ने छन् । बि एन पि एल सुविधाको प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्युआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैगरी ग्राहकहरुले “कन्भर्भट टु इ एम आइ” सुविधा पनि प्राप्त गर्न सक्नेछन् जस अन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् । 

यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग ए डि बि एल इन्स्ट्यान फोनलोनमा रजिस्टर गर्न सक्नेछन् । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तै बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा सफ्टवेयर मार्फत तय गरिन्छ । योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैंकिङ्ख एप भित्र फोनलोन ब्यानर र रजिष्ट्रेशन बटम देखा पर्नेछ । ग्राहकहरुले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इन्स्ट्यान फोनलोनका सबै सेवाहरु प्राप्त गर्न सक्नेछन । यो सेवा सुचारु गरे पश्चता सरकारी बैंकहरु मध्ये फोनलोन सेवा संचालनमा ल्याउने कृषि विकास बैंक लि पहिलो समेत बनेको छ । 

फोनलोनका प्रमुख कार्यकारी अधिकृत, सागर शर्मा भन्छन्, “हाम्रो मुख्य लक्ष्य भनेको ग्राहकहरुलाई अधिकतम सुविधा प्रदान गर्ने हो। फोनलोन मार्फत डिजिटल लोन प्रदान गरी लोन प्रक्रियालाई सहज गर्ने र आर्थिक आवश्यकताहरूमा तुरन्तै आफ्नो मोबाइल बैंकिङ्गबाटै लोन उपलब्ध गरी ग्राहकलाई सजिलो बनाउनु हो  । साथै ग्राहकहरुले बैंक नगई र बिना धितो जुनसुकै बेला पनि लोन लिन सक्छन् ।”

यसै गरी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ भन्छन्, “हाम्रो मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई सहज सुविधा प्रदान गर्ने हो । ए डि बि एल स्मार्ट प्लस एपमा फोनलोनको सुचारु भए संगै अब लोन लिन बैंक आउनु नपर्ने र बिना कुनै कागजात र धितो ग्राहकहरुले रु। २ लाख सम्मको लोन आफ्नै मोबाइल बैंकिङ्गबाटै लिन सक्नुहुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *