रहस्यमयी कुण्ड, जहाँ ताली बजाउँदा पानी आफैमाथि आउँछ

इन्भेष्टाेपेपर । भाद्र ५, २०७९

यस धर्तीमा अनेक रहस्यमयी ठाउँहरू छन् । त्यस्तै रहस्यमय ठाउँमध्ये एक हो भारतको झारखण्डमा रहेको दलाही कुण्ड । याे कुण्ड झारखण्डकाे बाेकाराे जिल्लामा रहेकाे छ । बाेकाराे सहरदेखि २७ किलाेमिटरकाे दुरीमा याे रहश्यमयी कुण्ड अवस्थित छ ।

यो कुण्डको रहस्यमय विशेषता हो, जब कसैले यो कुण्डको छेउँमा गएर ताली बजाउँछ तब यसको पानी आफैमाथि आउँछ । यसको रहस्य अहिलेसम्म वैज्ञानिकहरुले पनि खुट्याउन सकेका छैनन् ।साथै यो कुण्डमा चिसोमा तातो र तातोमा चिसो पानी निस्कन्छ । यहाँ नुहाउनाले छालाको रोग हट्ने विश्वास समेत गरिन्छ ।

यो कुण्डमा आएर मागेका वरदान प्राप्त हुने विश्वास पनि गरिन्छ । तसर्थ यस कुण्डमा नुहाउन र वरदान माग्न टाढाटाढाबाट मानिसहरू आउने गर्छन् । यो कुण्डको नाम दलाही कुण्ड राखिएको छ । याे कुण्डकाे पानी निकै सफा छ र कुण्डबाट निस्किएको पानी गंगा नदीमा गएर मिसिन्छ ।

यस कुण्डकाे नजिकै एक प्राचिन मन्दिर पनि रहेकाे छ । याे मन्दिरलाइ दलाही गाेसाइ नामले चिनिन्छ । यस मन्दिरमा प्रत्येक रविबारकाे दिन पूजापाठ गरिन्छ । यसदिन श्रद्धालु भक्तजनहरूकाे पूजापाठकाे लागि घुइचाे लाग्ने गर्दछ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *