राष्ट्रव्यापी वक्तृत्व कला प्रतियोगिता आयोजना हुँदै
इन्भेष्टोपेपर । श्रावण १७, २०७८
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यहि श्रावण २२ गतेदेखी २७ गतेसम्म लियो क्लब अफ काठमाडौं सौहार्द र लायन्स क्लब अफ काठमाडौं न्यू सिटिको संयुक्त आयोजनामा राष्ट्रव्यापी भर्चुअल वक्तृत्व कला प्रतियोगिता आयोजना हुने भएको छ।
यस प्रतियाेगिताकाे सह-आयोजना नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्, रोटर्याक्ट क्लब अफ पशुपती नेपाल ल क्याम्पस रहेका छन् । लियो जिल्ला परिषद् A1,A2,B2 र थट फर फुडको सहयोग, लायन्स क्लब अफ काठमाडौ न्यू स्मार्ट सिटि र लायन्स क्लब अफ काठमाडौं हाम्रो कोटेश्वर सिटिको संयुक्त सहकार्य रहेकाे छ ।
प्रतियोगिताका बिभिन्न चार चरणमा बाडिएको छ जसमा सुरुको छनौट चरण पार गरेपछी प्रतियोगी इन्टरमिडिएट चरणमा प्रवेश गर्नेछन् त्यसपछि सेमिफाइनल हुनेछ र अन्तिममा फाइनल हुनेछ। प्रतियोगितामा भाग लिनका लागि प्रतियोगीले ३ मिनेटको भिडियो आयोजकले तोकेको विषयमा नेपाली या अङ्ग्रेजी कुनैपनी भाषामा बनाएर आयोजकलाई पठाउनुपर्नेछ। यस प्रतियोगिताको लागि प्रतियोगीले श्रावण २१ गते बेलुका १२ बजेसम्म नाम दर्ता गराउन सक्नेछन्।
यस प्रतियोगिताको प्रायोजकमा गौतम इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रा.लि., ट्रेनिङ पार्टनर सक्सेस सोसाइटी इन्टरनेसनल, हस्पिटालिटी पार्टनर होटल याम्बु, डिजिटल पार्टनर द कृयटोपेडिया, नलेज पार्टनर इडियु संजाल डट कम, कम्युनिटि पार्टनरमा सेयरिङ अपर्चुनिटी, गृन रेन्जर्स अर्थ, कबड्डि डट कम र मिराइ ग्लोबल एजुकेसन एन्ड भिसा सर्भिसेज नेपाल रहेका छन्।
उत्कृष्ट ५ प्रतियोगीलाई नगद, प्रमाणपत्र तथा अन्य थुप्रै आकर्षक पुरस्कारको व्यवस्था गरिएको विज्ञप्ति मार्फत जनाइएकाे छ। बिस्तृत जानकारीको लागि तल दिइएको लिङ्कमा जानसक्नुहुन्छ; https://forms.gle/38c51ha2KA8AFnLR9
