सुनचाँदीको मूल्यमा सामान्य गिरावट

न्भेष्टाेपेपर ।  फागुन २७, २०८१

काठमाडौँ ।  स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मङ्गलबार सुन प्रतितोला पाँच सय र चाँदी प्रतितोला १५ ले घटेको हो ।

सोमबार प्रतितोला एक लाख ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६९ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

त्यसैगरी, आज एक तोला चाँदी रु. एक हजार नौ सय ७० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार आठ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *