नेपाल इन्भेस्टमेण्ट मेगा बैंकले ल्यायाे इन्टरनेट बिना पनि भुक्तानी गर्न सकिने प्रविधि

न्भेष्टाेपेपर ।  माघ २२, २०७९

काठमाण्डौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटी टेकसँगको सहकार्यमा फिनपाेसबाट “नेपाल पे टेप” र “नेपाल पे क्यूआर” सेवाको थालनी गरेको छ । ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको फिनपाेस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्यापगरी भुक्तानी गर्न सक्नेछन् । अब इन्टरनेट बिना पनि ग्राहकले नेपाल पे मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

नेपाल इन्भेस्टमेण्ट मेगा बैंकले सुरुवात गरेको पाेस डिभाइसमा क्यूआर र एनएफसी मार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो हो।

नेपाल पे ट्याप, “एनएफसी” प्रविधिमा आधारित छ जसले दुईवटा डिभाइसहरुबीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ । ग्राहकलाई एनएफसीसम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन।

यस सँगै अब ग्राहकले पाेसबाट भुक्तानी गर्दा कार्डको प्रयोग बिना नै आफ्नो फोन फिनपाेसमा ट्यापगरी भुक्तानी गर्न सक्नेछन्। हाल यो सेवा कनेक्ट अाइपिएस मोबाइल एप मार्फत उपलब्ध रहेको छ। यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसी इनेबल भएको हुनुपर्दछ । हाल नेपनल पेको कारोबार सीमा प्रति कारोबार रु ५,००० सम्मरहेको छ र यसलाई ग्राहकआफैंले पनि निर्धारण गर्न सक्दछन्।

सिटीटेकले विभिन्न बैंककालागि ’all in one machine’ को रूपमा फिनपाेस उपलब्ध गराउँदै आएको छ। मर्चेन्टहरुका लागि पनि सुरक्षितर सहज हुनुका साथै एकै उपकरण मार्फत विभिन्न भुक्तानी माध्यमबाट भएका कारोबारहरुको जानकारी सजिलै प्राप्तगर्न सकिन्छ। यी सेवा थपिएपछि बैंकले आफ्ना मर्चेन्टहरूलाई भुक्तानी प्राप्त गर्न थप विकल्प प्रदान गरेको छ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक हाल डिजिटल भुक्तानीलाई थप प्रबद्र्घन गर्न निकै सकृय रुपमा लागिरहेको अग्रणी बैंक हो भने बैंकले आफ्ना धेरै जसो सेवाहरु डिजिटल माध्यमबाट नै प्रदान गर्दै आएको छ । बैंकको देशभरी ९ लाख मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, ७ लाख कार्ड प्रयोगकर्ता, ४,००० भन्दा बढी पाेस तथा २७८ वटा एटिएम रहेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *