त्रिविले बनायाे विश्व रेकर्ड, एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित

न्भेष्टाेपेपर । पुस २, २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो ।

यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । आज सोमवार भएको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुषाललाई विश्व रेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ । आजको दीक्षान्त समारोह अवलोकन गर्न गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधि नेपाल आउनुभएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *