गीतकार कोइरालाको मार्मिक गीत ‘आमा’ बजारमा
इन्भेष्टोपेपर । आश्विन १५, २०७८
काठमाडौं । गीतकार दीपक कोइरालाले आफ्नो नयाँ गीत ‘आमा’ बजारमा ल्याउनु भएको छ ।
आमाको बिछोडपछि वियोगमा रहँदा मनलाई सान्त्वना दिन आमाप्रति समर्पित भएर गीतकार कोइरालाले यो गीत बनाउनुभएको हो ।
गीतकार कोइरालाको आमा गीत यही असोज १४ गते बिहीबार सार्वजनीकरण गरियो । दीपक कोइरालाको शब्द रहेको आमा गीतमा श्वर रामकृष्ण ढकालले दिनुभएको छ भने सङ्गीत सन्तोष श्रेष्ठले भर्नुभएको हो ।
एरेन्जर प्रेमराना औतारीले गर्दा रेकर्डिङ ,मिक्सिङ,मास्टरिङको काम भने भोला पौडेलले गर्नुभएको छ । गीतकार कोइरालाका यसअघि पनि अरु थुप्रैं गीत बजारमा आइसकेका छन् ।
