एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झाैतापत्रमा हस्ताक्षर
माघ २७, २०७६ | Investopaper
एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। यस सम्बन्धमा दुबै बैंकबीच माघ २६ गते आइतबार प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरी ५ वटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो। यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन्।
एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूरपश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ।
केही समयअघि ओम डेभलपमेन्ट बैंक गाभेर गण्डकी प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाएको थियो भने अहिले कञ्चनलाइ गाभेर सुदूरपश्चिममा उपस्थिति बलियाे बनाएकाे छ ।
स्रोतका अनुसार एनएमबिको १०० रुपैयाँ बराबर कञ्चनको प्रतिसेयर मूल्य ८५ रूपैयाँ तय भएको छ। तथापि डिडिए पश्च्यात याे रेसियाेमा थपघट समेत हुन सक्नेछ ।

